दुहबी नगरपालिकाको आधिकारिक वेवसाइटमा हार्दिक स्वागत छ । 

दुहवी नगरपालिका कार्यालयको आधिकारिक वेब साइटमा तपाईहरुलाई हार्दिक स्वागत छ।

पृष्भुमिः

 

दुहवी नगरपालिकाको कार्यालय,दुहबी सुनसरी

 

 

दुहबी नगरपालिका नेपालका ७ प्रदेश मध्ये प्रदेश नं. १ को सुनसरी जिल्लामा अवस्थित छ | नेपाल सरकार (मन्त्रि परिषदको) को मिति २०७१/०१/२५ को निर्णयानुसार गठित आयोगबाट घोषणा भएको दुहबी भलुवा नगरपालिकाले ३३.४४ वर्ग किलोमिटर ओगटेको थियो | नेपाल सरकार स्थानीय तह निर्धारण आयोगको २०७३ फागुनको निर्णय अनुसार सुनसरी जिल्लाका अन्य गा.वि.स. सोनापुर, सिमरिया, तनमुना र पुर्वकुशाहा समेतलाई मिलाएर कुल ७६.६७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको दुहबी नगरपालिका घोषणा गरिएकोमा हालै गरिएको सर्वेक्षण अनुसार दुहबी नगरपालिकाको क्षेत्रफल ६५.२७२ वर्ग कि.मि. कायम गरिएको छ  | २०६८ सालको जनगणना अनुसार दुहबी न.पा.को कुल जनसंख्या ५६२१६ रहेको छ |
पुर्वमा मोरङ जिल्लाको बुढीगंगा गाउंपालिकासंग सिमाना जोडिएको छ भने पश्चिममा गढी गाउंपालिका, उत्तरी भागमा इटहरी उपमहानगरपालिका र दक्षिणी भागमा बुढीगंगा गाउंपालिका र बर्जु गाउंपालिका रहेको छ |
भौगोलिक अवस्थितिका हिसाबले यो नगरपालिका ८७ डिग्री १२ मिनेट २७ सेकेण्डदेखि ८७ डिग्री १७ मिनेट ५४ सेकेण्ड पूर्वी देशान्तर र २६ डिग्री २९ मिनेट १५ सेकेण्डदेखि २६ डिग्री ३७ मिनेट ११ सेकेण्ड उत्तरी अक्षांशसम्म लगभग केराको पात जस्तो आकारमा फैलिएको छ |

१२ वटा वडाहरुमा विभाजित यस नगरपालिकाको उत्तरतर्फ अग्लो र दक्षिणतर्फ क्रमशः पानिढलो छ | उत्तरतर्फको अग्लोभागबाट उत्पति भएका स-साना खोल्साहरु मिलेर निर्माण भएका बुढी खोला,  टेग्रा खोला, धनुष्ना खोला आदि दक्षिण तर्फ बगेको छ |
भौगोलीक परिवेशमा यो नगरपालिका त्यति धेरै विषम अवस्थितिमा नभए पनि बुढी खोला र अन्य स-साना खोला र खोल्साको पृष्टभूमिमा अवस्थित भएका कारण यहाँ स्थानीय स्तरका विविधताहरु देखिन्छन् |

स्थापना: २०७३ वडा संख्या: १२ निर्वाचन क्षेत्र नं.: ३

 

सिमाना

 

पूर्वमा : मोरङ जिल्लाको बुढीगंगा गाउंपालिका

 

पश्चिममा: गढी गाउंपालिका

 

उत्तरमा: इटहरी उपमहानगरपालिका

 

दक्षिणमा: बुढीगंगा गाउंपालिका र बर्जु गाउंपालिका

 

अन्य विवरण :

 

जनसंख्या   बैंकहरु स्वास्थ्य तर्फ शिक्षा तर्फ
पुरुष महिला जम्मा

राष्ट्रिय वाणिज्य बैंक 

एभरेष्ट बैंक 

सनराईज बैंक 

नेपाल बैंक 

स्वास्थ्य संस्था प्रकार स. विद्यालयको प्रकार   स. 
२८१०७ २८१०९ ५६२१६ स्वास्थ्य चौकी तथा बर्थिंग सेन्टर मा. बि.(१-१२)  ४
घरधुरी संख्या स्वास्थ्य चौकी मा.बि.(१-१०)  २
११८९३ सामुदायिक अस्पताल आधारभूत तह (१-८)  १०
            आधारभूत तह (१-५)  ९