FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के कागजातहरु पेश गर्नुपर्छ ?

सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:

१. निवेदन (वडा कार्यालयमा पाइने)

२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३. २ वटा पासपोर्ट साईजको फोटो

४. विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि

५. दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

६. पूर्ण अपाङ्गताको (रातो कार्ड)को प्रतिलिपि, १६ वर्ष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि